काठमाडौं । बहुचर्चित फिल्म प्रेम गीत ३ का अभिनेता प्रदिप खड्काले चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका छन् ।

यसै साता नेपाल सहित भारत, पाकिस्तानमा प्रर्दशनमा आउन लागको चलचित्र प्रेम गीत ३ लाई लक्षित गरेर बोर्डबाट निर्णय गरेको भन्दै चलचित्र विकास वोर्ड अध्यक्ष भुवन केसीमाथी अभिनेता खड्का खनिएका हुन् ।

चलचित्र विकास वोर्डले राति ११ बजे पश्चात फिल्म हलहरु खोल्न नपाउँने यदि खोल्नु नै पर्ने आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिनु पर्ने निर्णय गरेको प्रति खड्का आक्रोशित बनेका हुन् । यो निर्णय प्रेम गीत ३ फिल्म लक्षित नै भएको उनको बुझाई छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गर्दै उनले नालायकीपन समेत भनेका छन् । प्रदिपका अनुसारविना सुरक्षा राति १२ बजेबाट ४ बजे सम्म मदिरा पिलाउँदै क्लव, डान्सबारहरु चलाउन मिल्ने तर स–परिवार सहित सुरक्षित ठाउँ (हल) मा कफि खादै हेर्न नमिल्ने कस्तो देश हो भन्दै उनले आक्रोश व्यक्त गरे । ११ बजे नै बन्द गर्नु पर्ने विकास वोर्डको निर्णयले आफू माथि अन्याय भएको खड्काले बताए ।

विगत धेरै वर्ष यता अनुभव बटुल्दै आएका भुवन केसीले राम्रो काम गर्नु हुन्छ भन्ने आशा आफूमा रहेको थियो किन भने मलाई पढाइले भन्दा अनुभवीबाट काम राम्रो हुन्छ जस्तो लागेको थियो तर अहिले उल्टो भएको छ खड्काले गुनासो गरे ।

यसै फिलिमका निर्देशक सन्तोस सेनले अहिलेको समयमा चलचित्र विकास वोर्डले जारी गरेको निर्णयले आफूलाई निकै निरास गराएको बताए । उनका अनुसार मेरो काम भनेको राम्रो चलचित्र बनाउँनु र त्यसलाई सकेसम्म विश्व भर प्रर्दशनामा ल्याउनु हो, अहिले विदेशमा प्रेम गीत ३ लाई सन्तोसको फिल्म भन्दैन्न नेपालको फिलिम भन्छन् जस्ले गर्दा नेपालको धेरै चर्चा हुँदाहुँदै पनि खुट्टा तान्ने काम भएको उनको गुनासो छ ।

प्रदिप खड्काले चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको अभिव्यक्तिमा समेत आपत्ति जनाएका छन् । उनले प्रतिनिधिमुलक संस्थाले समेत काम गर्न नसकेका कारण अब आउँदा दिनहरुमा समानान्तर अर्को संघ खोल्ने चेतावनी पनि दिएका छन् ।

उनले चलचित्र विकास वोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र ? राजा त हटाए भने वोर्डको जागिर स्थायी हो र ? भन्दै प्रश्न गरेका छन् । उनले भुवन केसीले त्यहाँबाट बाहिर आउनु पर्ने छैन र भन्दै कडा प्रश्न गरेका छन् । बहुचर्चित फिल्म प्रेम गीत ३ को केही हलहरुले बुकिङ खुल्ला गरेका छन् भने केहीले अझै बुकिङ नराखेको अवस्था रहेको छ ।

 

सम्बन्धित खबरहरु