काठमाडौं । ताइवानको दक्षिणपूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ताइवानको समय अनुसार बिहान २:४४ मा ताइतुङ शहरबाट ५० किलोमिटर उत्तरमा उक्त भूकम्प गएको थियो । यसै सन्दर्भमा जापानले ताइवान नजिकै रहेका टापुहरूमा सुनामीको चेतावनी जारी गरेको छ ।

यता, आइतबार नै चीनको गुइझोउ प्रान्तमा बस पल्टिँदा २७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यसबारेमा स्थानीय प्रहरीले जानकारी गराएको हो ।

बसमा जम्मा ४७ जना सवार थिए । घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ । प्रान्तीय राजधानी गुइयाङबाट १ सय ७० किलोमिटर दक्षिणपूर्वमा रहेको सान्डु काउन्टीमा आइतबार बिहान दुर्घटना भएको हो ।

सिरियाको हैजा नियन्त्रणबाहिर छैन– स्वस्थ्य मन्त्री
सिरियाली सरकारले यहाँका विभिन्न भागमा फैलिएको हैजा नियन्त्रणबाहिर नरहेको बताएको छ । सिरियाली स्वास्थ्य मन्त्री हसन–अल घबासले यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको भेटका क्रममा शनिबार सो कुराको जानकारी गराउनुभएको हो ।

सिरियाका विभिन्न स्थानमा हैजाको प्रकोप फैलिएको थियो । त्यसपछि यहाँको सरकारले सफा पानी उपलब्ध गराउनुका साथै सरसफाइका लागि यहाँका नागरिकलाई सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेकाले यहाँको हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नपाएको जानकारी गराउनुभएको थियो ।

सिरियामा केही दिन यतादेखि हैजाको प्रकोप फैलिएको प्रति संयुक्त राष्ट्रसङ्घका साथै यहाँ कार्यरत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले चासो राखेपछि उहाँले सो जानकारी गराउनुभएको हो ।
गएका केही हप्तादेखि यहाँ हैजाको प्रकोप बढेको थियो । यहाँका केही भूभागमा फैलिएको यो हैजाका ५३ जना सङ्क्रमित भेटिएका थिए । साथै हैजाबाट यहाँका सात जनाको ज्यान पनि गएको सरकारले जनाएको छ ।

यो अवस्था आएपछि संयुक्त राष्ट्रसङ्घ र यहाँका अन्य संघसंस्थाहरुले हैजाको नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउन भनेका थिए ।

सम्बन्धित खबरहरु