काठमाडौं । आज असोज २ गते सुनुवाई हुने भनिएको पल शाहविरुद्धको अर्को मुद्दाको सुनुवाई स्थगित भएको छ ।

अभिनेता पल शाह (पूर्णविक्रम) को आज सुनुवाइ हुने भनिएको तनहुँ जिल्ला अदालतको मुद्दा स्थगित भएको हो । आज अर्थात असोज २ गते सुनुवाइ हुने भनिएको शाहको मुद्दा गोलाप्रथा गर्दा पहिलो नम्वरमा परेको थियो ।

शाह यतिवेला बलात्कार मुद्दाको पुर्पक्षका लागि तनहुँ कारागारमा रहेको छन् । तनहुँकै मुद्दामा भने बाल यौन र्दुव्यवहारको अभियोगमा दोषि ठहर भइसकेका छन् ।

आज उनको मुद्दा सुनुवाइ नहुनुको मुख्य कारण न्यायाधीश हरिसचन्द« ढुङ्गाना काठमाडौं भएकोले सुनुवाई स्थगित भएको हो । अर्को सुनुवाइको पेसी भने अहिले सम्म मिति तोकिएको छैन । आज बेलुकासम्म आउने भनिएको छ ।

गत साता नवलपुर जिल्ला अदालतले बलात्कार मुद्धामा शाहलाई सफाई दिएता पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद, १० लाख क्षतिपुर्ती र २५ हजार जरिवाना फैसला सुनाएको थियो ।

पीडित भनिएकी नाबालिकाले आफूमाथि यौन हिंसा नभएको भन्दा भन्दै पनि अदालतले यस्तो फैसला गर्नु गलत रहेको कानून व्यवसायी कमला मोहन वाग्लेले बताएका छन् । तसर्थ

यस फैसला बिरुद्ध पोखरा उच्च अदालत गएर पुनरावेदन दिने तयारी रहेको छ । वाग्लेका अनुसार उक्त प्रक्रिया नवलपुर अदालतको पूर्णपाठक आइसके पछि मात्र सुरु हुनेछ । सोही प्रकृतिको मुद्धा तनहुँमा चलिरहेको छ । यसको फैसला आएपछिपनि थप अघि बढ्न सजिलो हुने आँकलन गरिएको छ ।

 

सम्बन्धित खबरहरु