काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से १९ सयमुनि झरेको छ । आइतबार १९१० अंकबाट कारोबार खुलेको नेप्से अन्तिम समयसम्म ३३.९७ अंक घटेर १८७६ मा कायम भएको हो ।

कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भयो । नेप्सेका अलवा सेन्सिटिभ र सबै उपसमूहका सूचक खस्किएका छन् ।

बैंकिङ १२, विकास बैंक ९१, फाइनान्स ४७, होटल तथा पर्यटन ४०, जलविद्युत् ६५, जीवन बीमा २२१, उत्पादन ७१, माइक्रोफाइनान्स ७७, निर्जीवन बीमा १२४, अन्य ३३ र व्यापार उपसमूह ६१ अंक घटे ।

कुल १८० कम्पनीको मूल्य घट्दा ८ को मात्रै बढ्यो । नेपाल ल्यूब आयलको मूल्य सबैभन्दा धेरै ४ तथा लक्ष्मी बैंकको ३.६ प्रतिशत बढ्यो ।

बलेफी हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा लक्ष्मी बैंक, प्रभु बैंक (संस्थापक) नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स र रिडी पावर क्रमशः अगाडि रहे ।

 

सम्बन्धित खबरहरु