काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेता अमृता अग्रहरि नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराउनुभएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तीकी अग्रहरि निवर्तमान सांसद समेत हुनुहुन्छ ।

बाबुराम भट्राई र उपेन्द्र यादवबीच विवाद उत्पन्न भएपछि पार्टी फुटेसँगै कुनैपनि समूहमा समाहित हुनु नभएकी नेतृ अग्रहरि मधेसमा चर्चित नेतृ हो । २०७४ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) अस्तित्वमा रहँदा उहाँ उक्त पार्टीबाट समानुपातिकमा सांसद बन्नुभएको थियो । राजपाले बुझाएको सूचीमा चन्दा चौधरी, निर्जला राउत, रानी मण्डल, राम दुलारी खंग, अमृता अग्रहरि र रेनु शर्माको नाम समावेश थियो ।

 

सम्बन्धित खबरहरु