काठमाडौं । बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ यहि असोज ७ गतेदेखि नेपाल भारतसँगै पाकिस्तानमा समेत प्रर्दशनमा आउँदैछ ।

प्रर्दशन अघि नै विभिन्न कारण यो चलचित्रको चर्चा उच्च छ । प्रर्दशनमा आउन लागेको चलचित्रका लागि विभिन्न विवाद पश्चात नेपाल फिल्म निर्माता संघले चलचित्र प्रेम गीत ३ लाई ऐन तथा नियमावली अनुसार कर तथा राजश्व छुट दिन चलचित्र विकास बोर्डलाई आग्रह गरेको छ ।

उक्त फिल्म नेपाली सहित हिन्दी र उर्दू भाषामा निर्माण भएर प्रर्दशनमा आउँदा कर छुटमा सहुलियत माग दावी गरेको विषयमा संघले बोर्डलाई ध्यान आकर्षण गराएको हो ।

चलचित्र संघका महासचिव सुनिल कुमार थापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सिनेमा भनेको व्यापार मात्र होइन, कला, भाषा, साहित्य र संस्कृतिको प्रचार माध्यम पनि हो ।

तसर्थ राज्यले प्रदान गर्ने सेवा, सुविधा केवल नेपाली भाषाका लागि मात्र मान्यता रहदै आएको छ । देशको नियम कानूनमा रही जोकोहिले पनि जुनसुकै भाषामा फिल्म प्रर्दशन गर्न पाउँदछन् र पाउनुपनि पर्छ तर जहाँ विदेशी भाषाको फिल्म देखाएर स्वदेशी सरह सेवा सुविधाको माग गर्नु कानून विपरित हुने निर्माता संघको ठहर रहेको छ विज्ञप्तिमा भनिएको छ ।

निर्माता संघले नेपाली फिल्म प्रेम गीत ३ ले फिल्मको बजार विस्तारका लागि महत्तपूर्ण भूमिका रहेको प्रशंसा समेत गरेको छ । सो फिल्मलाई फिल्म उद्योगको अन्तराष्ट्रिकरणको कोषेढुंङगाको रुपमा लिएको संघले उल्लेख गरेको छ ।

सम्बन्धित खबरहरु