काठमाडौं । चर्चित अभिनेत्री श्वेता खड्काले पहिलो पटक आफ्नो गर्भ अवस्थाका तस्वीरहरु साझा गरेकी छिन् ।

उनी गर्भवती भएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।

उनले आफनो इन्स्टाग्राम अकाउन्टबाट २ वटा फोटो सार्वजनिक गरे पश्चात दर्शक, श्रोताहरुको अत्याधिक माया पाइरहेकी छिन् । धेरै मिठा–मिठा प्रतिक्रियाहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

उक्त फोटामा श्रीमान सहित आफू उभिएर खिचिएका फोटाहरु सार्वजनिक गरेकी थिइन । उनले फोटो पोष्ट गर्दै विभिन्न ह्यासट्यागसमेत प्रयोग गरेकी छन् । पोष्टमा हाल सम्म लगभग ४ सय जनाले बधाई दिएका छन् भने ११ हजारले लाइक गरेका छन् ।

यसअघिका श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि नायिका खड्काले दोस्रो विवाह गरेकी थिइन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी श्वेताको यो पहिलो सन्तान हो । नायिका खड्काले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन् ।

सम्बन्धित खबरहरु