काठमाडौं । चर्चित तथा भारतीय फिल्मका महानायका रुपमा चिनिने अमिताभ बच्चनको अब आउने नयाँ फिल्म गुड बाइ को पहिलो गीत जयकाल महकाल, सार्वजनिक गरिएको छ ।

धेरै दर्शक तथा श्रोताहरुको माग पश्चात पहिलो गीत सार्वजनीक गरिएको हो । उक्त गीत जयकाल महाकाल, यहि आउदो ७ अक्टूबरमा विश्वभर प्रदर्शनमा आउन लागेको अमिता बच्चनको नयाँ फिल्म गुड बाइ को पहिलो गीत रहको छ ।

पहिलो गीत सार्वजनिक भएपश्चात फिल्म कस्तो बनेको होला भन्ने विषयमा निकै दर्शक उत्साहित भएका छन् । अमिताभको गुड बाइ चलचित्र ड्रामा रहेको बताइएको छ । जसका लेखक तथा निर्देशकमा विकास बहल रहेका छन् ।

केहि समय अगाडि रिलिज भएको फिल्मको टेलरले राम्रै दर्शकको साथ पाएको छ । यस जयकाल महाकाल, नामक गीतको स्वर अमित त्रिवेदी र सुहास सावन्तले दिएका हुन् ।

उक्त गीत स्वानन्द किरकिरेले लेखेका हुन भने यस गीतको भिडियोले १ दिनमा १६ लाख भन्दा बढि भ्यूज प्राप्त गरेको छ । यो चलचित्रमा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको छ । ‘गुड बाइ’ ७ अक्टोबर २०२२ मा रिलिज हुँदैछ।’

सम्बन्धित खबरहरु