नायिका निशाको एक प्लेट मःमःमा को-को चिप्लीए ?

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

काठमाडौं । नायिका निशा अधिकारी निकै चक्लेटी नायिका हुन् । कहिले पत्रकारको क्यामेरा खोस्ने त कहीले तथानाम गालि गर्ने उनको रबैयालाई पत्रकारहरुले सामान्य नै मान्ने गरेका छन् । फोटो खिच्ने पत्रकारलाई देखि नसक्ने उनै निशाले पछिल्लो समय सामाजिक सञ्जालमा पत्रकारको बर्गिकरण गराएकी छन् । क्रिकेटर शरद भेसवाकरकी प्रेमीका निशा पत्रकारलाई गालि गरेरै चर्चामा आउने नयाँ काइदाको फण्डा अपनाउन थालेकी छन् । उनले फेसबुक मार्फत् एक प्लेट मःमःका भरमा समाचार लेख्नेहरु भनेर पत्रकारलाई गाली व्येइज्यत समेत गरेकी छन् । आफु देशकै जान्नेसुन्ने नागरिक र करिश्मा मानन्धर भन्दा पनि माथिल्लो स्तरकी नायिका हुँ भने जसरी उनले गराएको पत्रकारको बगिएकरण तल राखिएको छ ।

उनको पछिल्लो स्टाटसलाई लिएर चलचित्र क्षेत्रबाटै उनको विरोध भैरहेको छ । पढेलेखेकी भनिएकी कलाकारबाट आएको यस्तो विचारले उनको हैसियत र क्षमता पुष्टि भएको आरोप समेत लागेको छ । उनले यस्तो आरोप लगाए पनि को को विके उनको एक प्लेट मःमःमा खुलाएकी छैनन् । चल्तीकी नायीकाले यस्तो आरोप लगाउँदा समग्र पत्रकारीता क्षेत्रलाई नै असर पर्छ भन्ने उनले बुझ्नु पर्छ कि पर्दैन ?

सम्बन्धित खबरहरु