काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खु कुमारी क्लव नजिक बैधानी पाटीमा सोही महानगरपालिका-३१ बानेश्वर बस्ने ४७ वर्षीय बिकाश दाहाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि सडकको पेटी नजिक दोलखा तामाकोशी गाउँपालिका-३ चाबोटे घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने ३१ वर्षीय सुरज खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट, चन्द्रपुर नगरपालिका-१० स्थित श्री बिनायक इँटा उद्योगमा गार्डको काम गरी बस्ने ४५ वर्षीय जलिल मिया नट शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहा, सिरहा नगरपालिका-१९ सन्हैठास्थित नहर नजिकै पानी जमेको खाल्डोमा सोही नगरपालिका-२० लकडिगदियानी बस्ने ३५ वर्षीय कारी सदाय आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ पिपरी बस्ने जिबन गिरीको छोरा ११ वर्षीय आकाश गिरी मृत फेला परेका छन् । उनी सोही नगरपालिका-१० मनापुर सिक्टा नहरमा पौडी खेल्ने क्रममा डुबेर आइतबार बिहान मृत्यु भएको छ ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-५ सिम्री बस्ने बलराम रानाकी छोरी १६ वर्षीया गितावती रानाको आफ्नै घरबाट करिब ५ सय मिटर टाढा सिम्री खोलामा माछा मार्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

महोत्तरी, गौशला नगरपालिका-४ स्थित मल्लिनिया पोखरीमा विश्वकर्मा पूजाको मूर्ति सेलाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ६७ वर्षीय टेक बहादुर क्यापछाकी मगरको आइतबार दिउँसो मृत्यु भएको छ । उक्त पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता सुर्खेत, बराहताल गाउँपालिका-५ चेपाङस्थित लेखगाउँमा अबिरल बर्षाका कारण शनिबार बिहान पहिरो जाँदा सोही ठाउँ बस्न ३३ वर्षीय महेन्द्र कुमार बिक लगायत १५ जनाको घर र गोठ पुरिएर करिब १ करोड १८ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाल्पा, पूर्बखोला गाउँपालिका-१ पिपलचौर बस्ने ३५ वर्षीय श्याम प्रसाद श्रेष्ठको गोठ अबिरल बर्षाका कारण भत्किँदा गोठमा रहेको १ थान टीभी, सुन, फर्निचरका सामानहरु समेत गरी करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उक्त स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार गरिरहेको छ ।

सम्बन्धित खबरहरु