काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर करिब १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ ।

यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक गरी ९ सय ९१ जनालाई विभूषण घोषणा गरिएको हो ।

नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुनुहुने भएको छ ।

यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुनुहुनेछ ।

घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ । राष्ट्र र जनतााका पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानूनी व्यवस्था छ । विभूषण सिफारिस भएकामा सत्ता, शक्ति र शक्तिकेन्द्रसँग निकट व्यक्ति तथा संघसंस्थाहरु हाबी रहेको देखिन्छ ।

गत वर्ष ९ सय ३ जनालाई विभूषण दिइएको थियो । गत वर्ष ७ सय ५५ जनाले मानपदवी, १ सय ११ ले अलंकार र ३७ जनाले पदक पाउनुभएको थियो । २०७७ असोज ३ मा ५ सय ३, २०७६ को संविधान दिवसमा ६ सय ३४ र २०७५ मा ५ सय १८ जनालाई विभूषण घोषणा गरिएको थियो ।

 

सम्बन्धित खबरहरु