काठमाडौं । प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा द्रोण सिलवाल चयन हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट रहेको मञ्चको उपाध्यक्षमा मञ्जु गिरी, तिलक दाहाल र हरि लामिछाने चयन हुनुभएको हो ।

२३ सदस्यीय कार्यसमितिको सचिवमा टक्कर कुँवर, उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण आचार्य रहनुभएको छ ।

सदस्यहरूमा माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, विष्णु थपलिया, डिल्ली पौडेल, विनोद दाहाल, विश्वास न्यौपाने, नृप कुँवर, शिक्षा सत्याल, रत्ना कुँवर, सुमीत रोकाया, दिनेश खनाल रहेको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

त्यसैगरी, रेयन भट्टराई, कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मण्डेल, तुलराज पाण्डेले सदस्यको जिम्मेवारी पाउँनुभएको छ ।

 

सम्बन्धित खबरहरु