काठमाडौं । अभिनेत्री बिपाशा बसु अचेल आफ्नो गर्भावस्थाका कारण चर्चामा छिन् । उनले अगस्टमा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

त्यसपछि उनलाई हालैं मुम्बईको एक सैलुन बाहिर देखिएकी छिन् । बेबी बम्पपछि सैलुन पुगेकी बिपाशाले गरेको कपालको स्टाइल परिवर्तन सबैलाई मन मर्यो । उनले पापाराजीलाई धेरै पोज दिइन् ।

त्यस क्रममा उनले पापाराजीसँग पनि कुराकानी गरेकी छिन् । उनलाई कस्तो छ भनेर सोध्दा जवाफमा उनले भनिन्, ‘म धेरै खुशी छु ।’ अभिनेत्री डेनिम लुज पोशाक लगाएर सेतो श्रगमा सैलुन पुगिन् ।

आफ्नो लुकलाई कम्फर्टेबल बनाउन उनले पोशाकसँगै स्पोर्टस जुत्ता लगाएकी थिइन् । खुला कपालमा बिपाशाको गर्भावस्थाको चमक स्पष्ट देखिन्थ्यो ।

बिपाशाले सन् २०१६ मा अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । विवाहको ५ वर्षपछि अब बिपाशा आमा बन्न लागेकी छिन् । बिपाशा आफ्नो घरमा छोरी जन्मेको चाहन्छिन् ।

सम्बन्धित खबरहरु