काठमाडौं । अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न तयार रहेको जानकारी दिनुभएको हो ।

इरानी समाचार समिति, इस्नासँग उहाँले भन्नुभएको छ– हामी अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौँ ।

उहाँले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको जानकारी गराउनुभयो । यस विषयमा केही समयअघि भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी पनि सो समाचार समितिसँग उहाँले दिनुभएको छ ।

सम्बन्धित खबरहरु