काठमाडौं । चीनका राज्य परिषद् सदस्य तथा तथा रक्षामन्त्री वेई फेङ्हेले सोमबार पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवासँग भेटवार्ता गर्नुभएको छ ।

दुई देशका उच्च अधिकारीबीचको नियमित कार्यक्रमअन्तर्गत भेटवार्ता भएको बताइएको छ ।

भेटमा वेईले भन्नुभयो, “सदाबहार रणनीतिक सहयोगात्मक साझेदारको रूपमा, चीन र पाकिस्तान सधैं विश्वसनीय र सबैभन्दा भरपर्दो मित्र रहेको र यो सम्बन्धमा वैश्विक परिस्थिति जस्तोसुकै बनेपनि आगामी दिनमा पनि निरन्तरता रहीरहनेछ ।

दुवै पक्षले विभिन्न जोखिम र चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्न आफ्नो क्षमता अभिवृद्धि गर्न जारी राख्नुपर्छ र दुवै देशको साझा हितको रक्षाका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि मिलेर काम गर्नुपर्छ ।”

उक्त अबसरमा बाजवाले पाकिस्तानको बाढी विपत्तिपछि चीनले गरेको सहयोगप्रति आभार प्रकट गर्नुहूँदै चीनलाई धन्यवाद दिनुभएको थियो ।

पाकिस्तानले एक चीन नीतिलाई दृढतापूर्वक पालना गर्ने बताउँदै उहाँले दुई सेनाले संयुक्त अभ्यास र प्रशिक्षणका साथै अन्य क्षेत्रमा सहयोगलाई अझ बढाउने उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु