काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समानुपातिक तर्फको सिट रोज्नुभएको छ ।

उहाँले आफ्नै चाहनाअनुसार आफू समानुपातिकतिर गएको बताउँनुभएको छ । प्रत्यक्षमा चुनाव जित्ने सम्भावना रहँदारहँदै आफू समानुपातिक तर्फ नै बसेर सबैको नेता बनेको महराले बताउँनुभएको छ ।

उहाँले भन्नुभयो, ‘मलाई धेरै ठाउँबाट सिफारिस गरे। रोल्पा, दाङ–१, दाङ–२ जताततै तान्न थालेपछि म देशैको नेता हुन्छु भनेर समानुपातिकमा बसें।’

आफू चारपटक प्रत्यक्ष चुनाव लडेको र एकपटक मनोनित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँचपटक लडिसकेँ। समानुपातिकमा बसेको छैन।’ आफू समानुपातिकको पहिलो नम्बरमै हुने उहाँको भनाई छ ।

महराले २०४८ मा रोल्पा–२, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले अहिलेसम्मका सबै निर्वाचनमा विजयी हासिल गर्नुभएको छ ।

उहाँ २०६३ माघमा गठन भएको अन्तरिम व्यवस्थापिकाको पनि सदस्य हुनुभयो । अहिलेसम्म पराजित नहुनुभएका महरा आफैले समानुपातिक रोज्नुभएको छ ।

 

सम्बन्धित खबरहरु