काठमाडौं । तत्कालीन सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर जेल पठाएकी रोशनी शाहीले आज माओवादी मुख्यालयमा अरु नेतालाई समेत बात लगाउनुभयो ।

आगामी निर्वाचनमा टिकटको दावी गर्दै आउनुभएकी उहाँले आफूलाई पुरानो माओवादी भन्दै समानुपातिक टिकटको लागि बबाल मच्याउनुभएको हो ।

के कारण र आधारले म माओवादी कार्यकर्ता होइन ? भन्दै उहाँ पार्टी मुख्यालयमा नै चिच्याउन थाल्नुभयो ।

‘तिमी सबै नेता बलात्कारी हौ । सबका बारे एक–एक थाहा छ । दूधले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पोल खोल्छु ।’ भन्दै उहाँले बबाल गर्नुभयो ।

उहाँ चिच्याउँदै कराउँन थाल्नुभयो, तिमी सबै नेता बलात्कारी हौ । सबका बारे एक–एक थाहा छ । दूधले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पोल खोल्छु भन्दै कराएपछि सुरक्षाकर्मी लगाएर तितरवितर गर्न खोजियो ।’

त्यहाँ महरासँग जोडेर आफूलाई निर्वाचनमा टिकट नदिने प्रपञ्च रचिएको रोशनीको आरोप थियो । कतिपय नेताले महराको करोड खाएर होस्टाइल भएको आरोप लगाएको सुनेको भन्दै उहाँले आरोप पुष्टि गर्न चुनौती समेत दिनुभयो ।

शाहीले बबाल गरेपछि २ बज्ने बस्ने भनिएको पदाधिकारी बैठकको केही समयअघि उहाँलाई गलहत्याएर गेटबाट निकालिएको थियो । उहाँ गेट बाहिर रहेरपनि कराउँन थाल्नुभएको थियो । केही नेता कार्यकर्ताले घर जान भनेपछि उहाँ त्यहाँबाट अलप हुनुभयो ।

सम्बन्धित खबरहरु