काठमाडौं । मधेसमा नेकपा (एमाले) को क्रेज ह्वात्तै बढेको छ । आज पूर्वमन्त्री खोभारी रायसहित जनता समाजवादी पार्टीका चर्चित नेताहरू नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट गरी रायसहित जसपाका चर्चितनेताहरू एमाले प्रवेश गर्नुभएको हो ।

यसरी एमाले प्रवेश गर्ने नेताहरूमा सुनितादेवी यादव , धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश रायलगायत छन् । उहाँहरूले केपी ओलीको नेतृत्वमा मात्रै तराइ र नेपालको बिकास सम्भव हुने प्रस्ट तस्वीर आइसकेकोले एमाले रोजेको बताउनु भयो ।

माओवादीको बन्दसूचीमा बाबुरामका पाँच जना

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा. बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ ।

नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् ।

माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएका छन् । सूचीमा समावेश भएका नाम भने खुलाइएको छैन ।

 

सम्बन्धित खबरहरु