काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुग्नुभएको छ ।

राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

भेटमा नागरिकता विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नागरिकता विधेयकको बिषयमा राष्ट्रपतिसँग छलफल गर्न शितलनिवास जानुभएको बताएको छ ।

राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको तस्तै पास गरेका थिए । पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ । यसरी गएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

तर, राष्ट्रपति भण्डारीले जस्ताको तस्तै विधेयक पास गरेर पठाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणिकरण गर्न दवाव दिएपनि राष्ट्रपतिलाई कानूनविदहरुले नै पेट भिटो प्रयोग गरी रोक्न सुझाएका छन् ।

राष्ट्रपतिले यसलाई जसरीपनि रोक्ने मनासय बनाउँनुभएको छ । प्रधानमन्त्री देउवा स्वयंपनि यो विधेयक कानून बनोस् भन्ने पक्षमा हुनुहुन्न । मधेसवादी दल खुशी राख्न आफूले बाध्य भएर अघि बढाएको र राष्ट्रपतिले रोकेमा दवाव नबढाउँने सोचमा देउवा रहेको स्रोतको दावी छ ।

सम्बन्धित खबरहरु