काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताउनुभयो ।

समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य गर्ने आफूहरुको चाहना रहेको उहाँको भनाइ थियो ।

पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको नेपालले बताउनुभयो । अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई त्याग, सर्मपण रसमाज रुपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गर्नुभयो ।

उहाँले नेपालको जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने बताउनुभयो । उहाँले कुनै पनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

सम्बन्धित खबरहरु