काठमाडौं । सम्राज्ञी राज्यलक्ष्मी शाह नेपालकी चर्चित अभिनेत्री हुन् । बोल्ड व्यवहारका कारण उनी बेला–बेला चर्चामा आउँने गर्छिन् ।

अभिनेता भुवन केसीसँगको विवादका कारण उनी केही समय चर्चामा आइन् । सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म १८ नोभेम्बर १९९५ भएको हो । ए मेरो हजुर फिल्मबाट उनी चर्चामा आइन् ।

काठमाडौं नै स्थायी घर भएकी सम्राज्ञी आफ्नो बोल्ने लवजका कारण ट्रोलको शिकार हुने गर्छिन् । ड्रिम्स उनको डेब्यू चलचित्र हो । महेश विक्रम शाह र नेहा राज्य लक्ष्मी शाहको कोखबाट जन्मिएकी सम्राज्ञीले पछिल्लो समय भनेजस्ता चलचित्र पाएकी छैनन् ।

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको उदयमान नायिका भने हो । उनले ड्रिम्स चलचित्रबाट चलचित्र मा प्रवेश गरेकी हुन् ।

चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडौंमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

उनले चलचित्र ड्रिम्सपछि ए मेरो हजुर–२, तिमी सँग, कायरा जस्ता चलचित्रमा राम्रो भूमिका निभाएकी छिन् । उनी सामाजिक सञ्जालहरुमा निक्कै सक्रिय छिन् ।

साथीहरुसँग क्लब गएका तस्वीर समेत उनले साझा गर्ने गरेकी छिन् । खाना खाएका तस्वीर समेत उनले साझा गरिरहेकै हुन्छिन् । पछिल्लो समय देखिएका केही बोल्ड तस्वीरहरु यहाँ प्रस्तुत गरेका छौ । तस्वीर स्रोत : Instagram

सम्बन्धित खबरहरु