काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने तयारी गरेको खुल्न आएको छ ।

घिसिङ काठमाडौं क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने चर्चा चलेको हो । यसअघि माओवादी केन्द्रबाट चुनाव लड्ने चर्चा भएपनी पछिल्लो समय स्वतन्त्रबाटै लड्ने चर्चा सुरु भएको छ ।

स्थायी घर रामेछाप भएका घिसिङको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक भएर पहिलो कार्यकालमा चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसेडिङलाई मुक्त गरेको भन्दै उहाँलाई उज्यालो नेपालका नायक भन्ने गरिन्छ ।

परिवार र प्रारम्भिक जीवन
रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिनुभएका कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उहाँ दाजुहरुसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढ्नुभयो ।

अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि उहाँले छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गर्नुभयो । पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गर्नुभएका उहाँले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गर्नुभएको छ ।

पेशागत यात्रा
सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उहाँले स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौँ तहको इन्जिनियरमा नाम निकाल्नुभयो ।

चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक
प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाउनुभयो । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गर्नुभयो । पछि कुलमानलाई आयोजनाबाट हटाइयो र प्राधिकरणको केन्द्र तानियो । केन्द्रमा आएपछि उहाँले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाउनुभएन ।

प्राधिकरणको प्रबन्ध निर्देशक
११औ तहका कर्मचारी रहँदा घिसिङ सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त हुनुभयो । त्यसपछि प्राधिकरणको पुर्नजीवन नै भयो ।

उपलब्धी
लोडसेडिङबाट मुक्ति
घिसिङ कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो । घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त हुनुभयो भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर–३० (२०७३ कात्तिक १४– लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा शुरु गर्नुभयो । सो परीक्षण सफल भएको आधारमा २०७३ चैत्र १ देखि देशव्यापी रूपमा लोडसेडिङ्ग अन्त्य गर्न उहाँ सफल हुनुभयो ।

घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफा
चार वर्षअघि करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६–७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो ।

विद्युत चुहावटमा कमी
चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो ।

रुग्ण आयोजना सम्पन्न
घिसिङले ६० मेगावाटको त्रिशूली थ्रीए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराउनुभयो । घिसिङको आफ्नो कार्यकालमा पनि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना भने पूरा भएन । निर्माण सकिने अन्तिम चरणमा रहेको आयोजना कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय विज्ञहरू उपस्थित हुन नसक्दा परीक्षणमा जान पाएको थिएन । पछि त्योपनि पूरा भयो ।

 

सम्बन्धित खबरहरु