काठमाडौं । पछिल्लो समय चर्चामा रहेका जुम्ल्याहा मोडल समारिका–स्मारिका ढकाल नाईट क्लबमा देखिएका छन् ।

बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियोमा उनीहरु नाईट क्लबमा देखिएका हुन् ।

उनीहरुसँग चर्चित कलाकार सागर लम्साल ‘बले’ लहसिदै गरेको देखिन्छन् । उनलाई गोपाल ढकाल ‘छन्दे’ ले साथ दिएका छन् । भिडियोमा श्रीदेव भट्टराईपनि देखिन्छ । समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुब्रत आचार्य हुन् ।

गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताए । यस गीतमा तीन साथीहरुको मस्तीको सपनालाई प्रस्तुत गरेको निर्देशक आचार्यले बताए । यस गीतको रचना डिपि खनालले गरेका हुन् भने संगीतकार गिरीले गीतमा र्‍याप दिएका छन् ।

जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन् ।

हरि ठकुरी र भिमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रडक्शन डिजाईन रहेको छ भने केशव पाण्डेले स्टिल फोटोग्राफी गरेका छन् । भिडियो यस्तो छ ।

सम्बन्धित खबरहरु