काठमाडौं । भारतीय महानायक अमिताभ बच्चदेखि दर्जनौं सुपरस्टारहरुले भरिएको भारतीय फिल्म उचाई नेपालमा सुटिङ गरिएको छ ।

६० प्रतिशत भन्दा बढी नेपालमा छायांकन भएको यो चलचित्रमा नेपाली कलाकारहरुकोपनि भूमिका रहेको छ । लामो समय भारतीय फिल्म क्षेत्रमा एक छत्र राज गर्न सफल अमिताभको यसमा मुख्य अभिनय रहेको छ । उक्त चलचित्र उचाइको पोष्टर सार्वजनिक भएको छ । जसको ६० प्रतिशत सुटिङ नेपाली भू–भागमा भएको हो ।

उक्त फिल्म उचाइ ६० औ राजश्री प्रोडक्सनको प्रस्तुती रहेको छ । जहाँ मुख्य भूमिकामा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानीको रहेको छ । फिल्को सुटिङ नेपालमा हुँदा अमिताभ बच्चन भने नेपाल आउन सकेनन् ।

उनको सट्टामा डमी खेलाइएको थियो । सो फिल्ममा नेपाली थुप्रै कलाकारहरुको पनि भूमिका रहेको छ । फिल्मको निर्देशक सुरज बड्जातयाले गरेका हुन् ।

सिनेमा मित्रताको कथामा आधारित रहेको बताइएको छ । सिनेमामा नेपाली नृत्यदेखि लिएर मुस्ताङको सुन्दर हिमालका डाँडाँहरु देखाइएको छ । जुन दृश्य सार्वजनिक भएको पोष्टरमा पनि देख्न सकिन्छ । सिनेमामा हरेक नेपाली झलकहरु रहेको बताइएको छ ।

सम्बन्धित खबरहरु