काठमाडौं । हरेक कुराको मूल्य बृद्धि भइरहेका बेला अब कपाल दाह्री काटेको शुल्कमा समेत भारी बृद्धि भएको छ । नेपाल नाई संघले काठमाडौंमा रहेका सैलुनको शुल्क वृद्धि गरेको हो ।

उपत्यकामा रहेको सघंको समितिले असोज १ गतेबाट लागू हुने गरि नयाँ दररेट कायम गरेको छ ।

यस भन्दा अगाडि कपाल काटेको शुल्क १५० र दाह्री काटेको शुल्क प्रति व्यक्ति ८० थियो । उक्त मुल्यलाई वृद्धि गरेर कपाल काटेको प्रति व्यक्ति २०० र दाह्री काटेको प्रती व्यक्तित १२० लाग्ने सघंले जनाएको छ ।

यी बाहेक कपाललाई विभिन्न तरिकाले डिजाइन गरे बापत फरक शुल्क लाग्ने छ । जहाँ कपाल डिजान गरेको ३५० देखि ५००, दाह्री डिजाइन गरेको १५० देखि २५०, स्याम्फु गरेको १२० देखि १५०, टाउको मसाज गरेको २०० र फेसियल गरेको १००० देखि १२०० सम्म शुल्क लाग्ने जनाइएको छ ।

दिनै पिच्छे महगी बढेकाले सैलुनको शुल्क बढाएको नाई संघका अध्यक्ष राजेश ठाकुरले बताउनुभयो । उहाँका अनुसार घरबाहाल देखि लिएर शैलुन औलारहरुको शुल्क बृद्धि भएका कारण शुल्क बढाउन बाध्य भएको हो ।

सम्बन्धित खबरहरु