काठमाडौं । आज केही प्रदेशका केही स्थानमा ठूलो बर्षा हुने भएको छ । सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने राति यी दुई प्रदेशसहित गण्डकीका एक–दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यहाँ बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०७९ असोज ३ गते (सोमबार)

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज ४ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज ५ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यसबाट भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित खबरहरु