जीवनशैली । शारीरिक आत्मीयता शरीर र दिमाग दुवैको लागि स्वस्थ रहन जरुरी छ। तर यो समयमा सावधानी नअपनाउँदा कुनै गल्ती भयो भने त्यो ठूलो गल्ती पनि हुन सक्छ ।

सामान्यतया, तपाईंले डाक्टरहरूले हरेक पटक सेक्स गर्दा पिसाब छोड्नुपर्छ भन्नुभएको सुनेको हुनुपर्छ। सुन्ने मौका पाउँनुभएको छैन भने यो जानकारी तपाईले लिनु अति जरुरी छ ।

किन यस्तो जरुरी छ ? यो तथ्यको पछाडि लुकेको कारण के तपाईलाई थाहा छ ? यदि हैन भने हामी तपाईलाई बताउँछौँ किन हरेक पटक सेक्सपछि पिसाब फेर्न आवश्यक हुन्छ ।

सेक्सपछि पिसाब फ्याल्न किन आवश्यक हुन्छ ?
ब्याक्टेरिया जताततै : सेक्स गर्दा पुरुष पार्टनरको शुक्रकीटसँगै अरु धेरै रस महिलाको योनीमा प्रवेश गर्न सक्छ । किनकी पुरुषको वीर्यसँगै केही रसहरु आइरहेको हुन्छ । जसका कारण महिलाको योनिमा पनि युरिन इन्फेक्सन हुन सक्छ । युरिन इन्फेक्सन यही क्रममा पुरुषलाईपनि हुनसक्छ ।

तर महिलाको मूत्रमार्ग एकदम छोटो हुन्छ । जसका कारण ब्याक्टेरिया सजिलै भित्र पस्न सक्छ। यति मात्र होइन, ओरल सेक्स गर्दा पनि ब्याक्टेरिया भित्रिन सक्छ । मानिसको मुखमा अनेकौँ ब्याक्टेरिया हुन्छ । ब्याक्टेरिया तत्कालै पखाल्ने हो भने अति नै उत्तम उपाय नै तत्काल पिसाब बाहिर पठाउँनु हो । यो महिलाका लागि त अति नै जरुरी छ ।

मूत्र ट्रयाक संक्रमण को जोखिम
योनिमा फसेका ब्याक्टेरिया सेक्सपछि पिसाब गर्दा आफै बाहिर निस्कन सक्छन् । यसका साथै उचित सरसफाईले यूटीआई अर्थात् युरिनरी ट्र्याक इन्फेक्सनको जोखिमबाट पनि बच्न सकिन्छ। यूटीआईको समस्या भएमा पिसाब फेर्दा दुख्ने समस्या देखिन सक्छ ।

ब्याक्टेरिया मार्न
कसैले गुदा सेक्स पछि योनीमा सेक्स गर्ने गर्दछन् । बाहिर दल्दा समेत गुदामा भएका ब्याक्टेरिया योनीमा सर्ने चान्स धेरै हुन्छ । यसो गर्दा ब्याक्टेरियालाई आमन्त्रित गर्ने सबैभन्दा सजिलो तरिका हुन सक्छ।

यस समयमा गुदाको किटाणु र ब्याक्टेरिया सजिलै योनिमा प्रवेश गर्न सक्छन्। त्यसैले सेक्स गरेपछि पिसाब गर्नुपर्छ जसले गर्दा सेक्सको अनुभव सदाका लागि स्मरणीय रहन्छ ।

आलस्य सुधार
सेक्स पछि पिसाब गर्न जानु धेरै बोरिंग हुन सक्छ किनभने, चरम उत्तेजित भएपछि, शरीर केहि क्षणको लागि आराम गर्ने मुडमा हुन्छ। यस्तो अवस्थामा महिलाहरु स्वस्थ रहन चाहन्छन् भने सेक्सपछि पिसाब फेर्न जानुपर्छ । यो बिस्तारै उनीहरुको बानी बन्छ र उनीहरुको आलस्य पनि समाप्त हुन्छ ।

हरेक पटक सेक्सको अनुभव फरक–फरक हुन्छ, यसका लागि सेक्समा जति नयाँपनलाई महत्व दिनुपर्छ, सरसफाइलाई पनि त्यति नै महत्व दिनुपर्छ । किनभने, शरीर पूर्णतया स्वस्थ भए मात्रै स्वस्थ सेक्स गर्न सकिन्छ । यो अति उपयुक्त जानकारी एक अर्कामा साझा गर्नुहोस् । स्वस्थ जीवन जिउनुहोस् ।

सम्बन्धित खबरहरु