काठमाडौं । चर्चित बलिउडकी अभिनेत्री प्रियंका चोपडाले नाकको शल्यक्रिया पश्चात स्पष्टीकरण दिएकी छिन् ।

प्रियंकाको नाक केही समय अगाडि तल्लो भागमा खुम्चिए जस्तो थियो त्यसलाई परिवर्तन गरेकी छिन् । सो परिवर्तन गर्नुको मुुख्य उद्देश्य सौन्दर्यताका लागि नभई दमका कारण सास फेर्न गाह्रो भए पछि शल्यक्रिया गरेको उनी बताउछिन् ।

प्रियंकाका अनुसार उनी दमका कारण शल्यक्रिया गर्न डक्टरमा पुगेको तर चिकित्साको लापरबाहिले गर्दा उनको नाकको आकार नै परिवर्तन भएको बताएकी छन् । उनी भन्छिनः नाकको शल्यक्रिया पश्चात आफनो नाक देखेर आफै डराउन पुगे ।

प्रियंकाले २०२१ मा आफनो आत्मकथा अनफिनिश्ड पुस्तक सार्वजनिक गरेकी थिइन । उक्त पुस्तकमा आफनो जीवनसँग सम्बन्धित केही आफना कुराहरु पनि खुलाएकी छन् । जहाँ पुस्तकको १ भागमा प्रियंकाले आफ्नो नाक बिग्रिएको शल्यक्रियाबारे भनेकी छिन्, मलाई दमका कारण सास फेर्न गाह्रो पर्ने समस्या हुन्थ्यो ।

परिवार र साथिको आग्रहमा म डाक्टरकोमा गए । डाक्टरले मेरो नाकमा पोलिप भएको बताए जस्लाई शल्यक्रिया गर्नु पर्ने थियो । सो पोलिपको शल्यक्रिया गर्दा डाक्टरहे मेरो नाकको रुप परिवर्तन गरिदिए त्यस पछि मेरो अनुहार नै फरक भयो ।

यस्ता शल्यक्रिया गर्ने प्रियंका मात्र होइनन् । अन्य नायिका दिशा पटानी, शिल्पा शेट्टी, जस्ता थुप्रे नायिकाले विभिन्न शल्यक्रिया गराएका छन् ।

सम्बन्धित खबरहरु