
काठमाडौं । कुनै स्टार होस् वा आम मानिस, हरेक व्यक्तिले आफ्नो काम पूरा गर्न विभिन्न प्रयास गरिरहेका हुन्छन् । यस्तो बेला धेरै पटक मानिसहरु अन्धविश्वास र जादूटुनामा विश्वास गर्न थाल्छन् ।
आज हामी तपाईलाई यस्ता बलिउड कलाकाररहरुको बारेमा बताउन गइरहेका छौँ जो अन्धविश्वास र जादूटुनामा विश्वास गर्छन् । यि कलाकारलाई पर्दामा अन्धविश्वास र टुनामुनाबिरुद्ध बोलेको देखिएपनि वास्तविक जीवनमा यी कलाकार ती कुराहरुमा विश्वास गर्छन् ।
शाहरुख खान
शाहरुख खानको नाम पहिलो नम्बरमा आउँछ । वास्तवमा, आईपीएलमा शाहरुखको टीम लगातार हार्दै थियो । त्यस्तो अवस्थामा कसैले उनलाई ताबीज लगाउन सल्लाह दियो । त्यसपछि उनले ताबीज लगाए । यसबाहेक, अभिनेता सधैं आफ्नो लागि ५५५ नम्बरलाई भाग्यशाली मान्छन् ।
अमिताभ बच्चन
अमिताभ बच्चन सधैं आफ्नो हातमा माणिक र नीलमणि पत्थरको औंठी लगाउँछन् । उनले टिम इन्डियाको क्रिकेट खेल कहिल्यै प्रत्यक्ष हेर्दैनन् । जब उनले प्रत्यक्ष खेल हेरे तब टोलीले हार्यो । त्यसैले उनी सधैं रेकर्ड गरिएका खेलहरू मात्र हेर्छन् ।
बिपाशा बसु
बिपाशा बसु बलिउडकी चर्चित नायिका हुन् । उनको नाम पनि जादूटुनामा विश्वास गर्ने कलाकारको सूचीमा पर्दछ । उनले हरेक शनिबार कागती खुर्सानी किनेर घरबाहिर गाडीमा राख्छिन् ।
ऋतिक रोशन
बलिउड अभिनेता ऋतिक रोशन आफ्नो हातका ६ औंलालाई निकै भाग्यमानी मान्छन् । धेरैले उनलाई हटाउन आग्रह गरे तर ऋतिकले त्यसो गर्न मानेनन् ।
रणवीर सिंह
रणवीर सिंह पनि यस्तो कुरामा विश्वास गर्छन् । रणवीर आफैंले बाल्यकालमा प्रायस् बिरामी हुने गरेको बताएका छन् । उनकी आमाले छोराको स्वास्थ्यलाभको लागि खुट्टामा कालो धागो बाँधेकी थिइन्, जुन उनले आजसम्म निकालेका छैनन् ।