काठमाडौं । बङगुर फर्ममा बङगुरको मलमुत्र सफा गर्ने क्रममा निसास्सिएर कोरियाको राजधानी सिओलमा एक नेपालीको मृत्यु भएको छ ।

मृतक नेपाली लमजुङ जिल्लाको बिम्ला घर भई अन्दाजी ५४ वर्षीय इन्द्र  गुरुङ भएको खुल्न आएको छ । उनी लामो समय यता कोरियाका काम गर्दै आएका थिए । मृतक इन्द्र कोरियालाई कर्मथलो बनाएर लमजुङ परिवारका संस्थापक सदस्य पनि रहेर समाज सेवा गर्दै आइरहेको थिए ।

कोरियाली समाचारपत्रका अनुसार गत १७ सेक्टेमबर रातको करिब १ बजे उनी बङगुर फार्ममा छिरेका थिए । सो फार्ममा बङगुरको मलमुत्र जम्मा गर्ने ट्याङकीमा रहेको पाइप जाम भएको थियो । उक्त पाइपको जाम हटाउन उनीसँगै अर्को एकजना कोरियन नागरिक पनि गएका थिए ।

यी दुईजना लामो समय सम्म कामबाट नफर्कीए पछि फार्मका मालिक हेर्न जाँदा दुबै जनाको मृत्यु भएको र साहुले सो घटनालाई कोरियन प्रहरीलाई बताएको जनाइएको छ ।

प्रहरीका अनुसार बङगुरको दिसाबाट निस्कने बिषादि ग्यासका कारण मृत्यु भएता पनि मृत्युको मुख्य कारण पोस्टमार्टमपछि थाँहा हुने कोरियन प्रहरीको भनाइ रहको छ । मृतक करिब ८ बर्ष यता सो फर्ममा काम गर्दै आएका थिए ।

मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार कोरियामा कामदारहरुको मृत्यु विगतका दिनहरुमा बढ्दो देखिन्छ । यस सम्बन्धमा कोरिया श्रम मन्त्रालयले पनि धेरै मापदण्ड बनाएको छ तर यस्ता फार्म सञ्चालकहरुले मन्त्रालयको मापदण्ड उल्घंन गरेर हचुवाको भरमा बिदेशी कामदारहरुलाई काममा लगाउने हुनाले यस्ता घटनाहरु भइरहेका छन ।

जसले गर्दा हामीलाई निकै दुःखी बनाएको छ । तसर्थ उक्त काममा मृत्यु भएका नेपालीहरुले उचित क्षतीपूर्ती उपलब्ध गराइ दिनु पर्ने माग रहेको छ ।

सम्बन्धित खबरहरु