काठमाडौं । केही समययता साउथ र बंगाली फिल्म चलचित्र उद्योगका कलाकारहरुले आत्महत्या गरिरहेको खबरहरु आइरहेका छन् । यसबीच फेरी पनि यस्तै डरलाग्दो घटना बाहिर आएको छ । चेन्नईको एउटा घरमा २९ वर्षीया तमिल अभिनेत्री दीपा मृत अवस्थामा फेला परेकी छिन् ।

उनी विरुगम्बक्कममा एक्लै बस्थिन् । उनले धेरै लोकप्रिय तमिल फिल्ममा पनि काम गरेकी थिइन् । तर केही समयदेखि उनी नयाँ प्रोजेक्ट (काम) को खोजीमा थिइन् ।

यसबीच अचानक उनको असामयिक निधन भएपछि परिवार र आफन्तजन शोकमा छन् । दीपाको वास्तविक नाम पाउलिन जेसिया हो । उनी तमिल फिल्म वैथामा देखिएकी थिइन् । जानकारी अनुसार अभिनेत्रीका परिवारले उनीसँग सम्पर्क गर्न सकेको थिएन ।

उनको फोन लामो समयसम्म नउठेपछि परिवार चिन्तामा पर्यो । त्यसपछि साथीहरु उनी बस्ने घरमा गएका थिए । त्यहाँ पुगेपछि अभिनेत्रीको शव पंखामा झुण्डिएको अवस्थामा फेला पारेका हुन् । त्यसपछि तुरुन्तै प्रहरीलाई खबर गरियो ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । सिआरपीसीको धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दियो । प्रहरीको प्रारम्भिक रिपोर्टमा अभिनेत्रीले आत्महत्या गरेको बताइएको छ । तर पनि उनले यस विषयमा गहिरो अनुसन्धान हुँदैछ ।

प्रहरी टोलीले अभिनेत्रीको घर वरपर जडान गरिएका सबै सीसीटीभी फुटेजहरू जाँच गरिरहेको छ। किनकी नजिकै कुनै सुसाइड नोट फेला परेको छैन । यसअघि बंगाली अभिनेत्री तथा मोडल बिदिशा मजुमदार, मञ्जुषा नियोगी र पल्लवी डेले आत्महत्या गरेको खबर आएको थियो ।

सम्बन्धित खबरहरु