काठमाडौं । उमेरले ५० वर्ष पुग्नै लाग्दा पनि अभिनेत्री मलाइका अरोडा निकै सुन्दर र बोल्ड देखिन्छिन् ।

अभिनेत्री मलाइका अरोडाले केही समय अगाडि आफ्नो छोरासँग बोल्ड फोटोसुट गराएकी थिइन् । उनको कपडा देखेर सबै हैरान भए ।

मलाइकाको एउटा पुरानो तस्वीर भाइरल भइरहेको छ, जसमा उनले छोरासँग फोटोसुट गराएकी छिन् । आफ्नो छोरासँगको त्यस फोटोसुटमा मलाइकाले छोरालाई काखमा लिएर बोल्ड पोज दिएकी छिन् ।

ती फोटोहरूमा मलाइकाको लुगा देखेर फ्यानहरू दंग परेका हुन् । मलाइका यतिबेला अभिनेता अर्जुन कपूरलाई डेट गरिरहेकी छिन् ।

उनीहरुले चाँडै विहे गर्ने चर्चा भइरहेको छ, तर खुलेर विहेबारे उनीहरु बालेका छैनन् । मलाइकाको पहिलो विहे अभिनेता सलमान खानका भाई अरबाज खानसँग भएको थियो । उनीहरुका १९ वर्षका छोरा अरहान खान छन् । मलाइका सन् २०१७ मा अरबाज खानसँग अलग भएकी थिइन् ।

सम्बन्धित खबरहरु