काठमाडौं । निर्माता तथा अभिनेता दिपकराज गिरीले प्रेम गीत ३ को हिन्दी संस्करण माथि टिप्पणी गरेका छन् ।

आउँदो हप्ता शुत्रबार देखि नेपाल, भारत, पाकिस्तान लगायत अन्य देशहरुमा एकै साथ प्रर्दशनमा आउन लागेकोे चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करणले कर छुट माग गरेकोमा सांकेतिक असन्तुष्टि जनाएका हुन् ।

दिपक लेख्छन् , प्रेम गीत ३ ले नेपाली चलचित्रलाई बजार बिस्तार गरेको छ । यसमा सम्पूर्ण टिम बधाइको पात्र छ । एउटै कुरा हो, अधिकार माग्नेले पनि मिलेसम्म मागौं । दिनेले पनि दिने सम्म सहयोग दियौं । शुभकामना प्रेम गीत टिम ।

धेरै कारण आफनो स्टाटस् आएका कमेन्टहरुलाई पनि गिरीले जवाफ दिएका छन् । उनी भन्छनः प्रेम गीत ३ लाई धेरै दर्शकको सपोर्ट भएतापनि कुनै फ्यानबाट उत्श्रृङ्खल आउनु पर्ने थियो । वाहियात कमेन्ट गरिरहेको उनको गुनासो रहेको छ ।

गिरीले फेरी पनि लेख्छन्ः यो मेरो वाल हो, शब्द मेरो हो, भावना म सँग छ । फ्यानै यस्तो नकारात्मक भएपछि कसरी सकरात्मक हुन्छ ? अलि शिष्टता सिकौं गिरीले लेखेका छन् ।

सम्बन्धित खबरहरु