लस एन्जलस । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ ।

केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन् । (रासस/सिन्ह्वा)

अमेरिका र अफगानिस्तानले बन्दी आदानप्रदान गरेको छ : तालिवान
संयुक्त राज्य अमेरिका र तालिवानले कैदी आदानप्रदान पूरा गरेको छ ।
अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सन् २०२० मा अपहरण गरिएका अमेरिकी नौसेना दिग्गज मार्क फ्रेरिचसलाई हेरोइन तस्करीको आरोपमा संयुक्त राज्य अमेरिकामा १७ वर्षसम्म कैद गरिएका लडाका र तालिवान सहयोगी बशर नूरजाइसँग साटासाट गरिएको बताउनुभएको छ ।

“आज, मार्क फ्रेरिचसलाई अमेरिकामा सुम्पियो र हाजी बशरलाई काबुल विमानस्थलमा हामीलाई सुम्पियो”, मुत्ताकीले काबुलमा पत्रकारहरूलाई भन्नुभएको छ । आदानप्रदान लामो वार्तापछि मात्र भएको मुत्ताकीले जानकारी दिनुभएको छ । अमेरिकी नौसेना दिग्गज अफगानिस्तानमा निर्माण परियोजनाहरूमा सिभिल इञ्जिनीयरको रुपमा काम गरिरहेका थिए । यस अवस्थामा उनको अपहरण भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार एएफपीलाई नूरजाईले तालिबानमा कुनै आधिकारिक पद नराखेको तर सन् १९९० को दशकमा कट्टरपन्थी इस्लामवादी आन्दोलनको उदय भएपछि हतियारसहित बलियो समर्थन प्रदान गरेको बताउनुभएको छ ।

सम्बन्धित खबरहरु