काठमाडौं । भारतीय चर्चित कमेडियन तथा अभिनेता कपिल शर्माको नयाँ फिल्म ‘ज्विगाटो’ को टेलर सार्वजनिक भएको छ ।

फिल्मको टेलर १ मिनेट ३९ सेकेन्ड रहेको लामो टेलर हालै आयोजित टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर देखाइएको थियो । उक्त फिल्मको मुख्य भूमिकामा कपिल शर्मा ‘ज्विगाटो’ नामक खानेकुरा बाइकमा देखिएका छन् ।

फिल्मले डेलिभरि गर्ने एक जना व्यक्तिले गरेको संघर्ष र अरुको पेट भरेर सन्तुष्टि दिलाए पनि यो भाग दौड्मा उनको निजी जीन्दगीको सन्तुलन बिग्रिएको कथा फिल्ममा समावेस गरिएको छ । सो फिल्म नन्दिता दासले निर्देशनमा ल्याएकी हुन् ।

उक्त फिल्मको टेलर हेरेर कपिलका फ्यानहरुले निकै तारिफ गरिरहेका छन् ।

दर्शक हँसाएर चर्चा कमाएका कपिल फिल्म ‘ज्विगाटो’ मा गम्भीर भूमिकामा देखिएका छन्।एक मिनेट ३९ सेकेन्डको ट्रेलरमा कपिलको पेसा र निजी जीन्दगीलाई देखाइएको छ।यही फिल्मको सुटिङका लागि कपिलले केही समय आफ्नो चर्चित कार्यक्रम ‘द कपिल शर्मा’ केही समय स्थगित गरेको बताइएको छ।

गत सेप्टेम्बर १० देखि भने द कपिल शर्मा शोको नयाँ सिजन सुरू भइसकेको छ। पहिलो भागमा अक्षय कुमार र रकुलप्रित सिंह अतिथि थिए। कपिल शर्मा शोको नयाँ सिजनमा नयाँ कलाकारहरूको प्रवेश भएको छ भने पुराना कलाकार कृष्णा अभिषेक र भारती सिंह देखिएका छैनन्।

खबरका अनुसार कृष्णाको सोनी च्यानलसँग पारिश्रमिकबारे कुरा नमिलेकाले र भारती अर्को कार्यक्रममा व्यस्त भएकाले कपिल शोमा नदेखिएका हुन्।

सम्बन्धित खबरहरु