काठमाडौं । विश्वविद्यालयको एमएमएस प्रकरणमा एक ठूलो खुलासा भएको छ । श्रोतका अनुसार पक्राउ परेका अभियुक्तहरुसँगको सोधपुछमा आरोपी सन्नी र उनका साथी रङ्कजले आरोपी विद्यार्थीलाई भिडियो बनाउन दबाब दिएको खुलासा भएको छ । दुवैले छात्रालाई भिडियो बनाएर ब्ल्याकमेल गरिरहेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले युवतीको मोबाइलबाट च्याटका केही अंश फेला पारेको छ । च्याटमा सन्नीले युवतीलाई अरु केटीको भिडियो बनाउन दबाब दिइरहेका छन् । भारत, पञ्जाब राज्यको चण्डीगढ विश्वविद्यालयमा छात्राहरू नुहाएको भिडियो लिक भएको प्रकरणमा यो सब खुलासा भइरहेको छ ।

युवतीको मोबाइलबाट मोहित नामका अर्का केटा सँगको च्याट पनि फेला परेको छ । तर ती मोहित नामका व्यक्ति को हुन् वा त्यो फेक अकाउन्ट हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको छ । यस प्रकरणमा आरोपी विद्यार्थीको प्रेमीसहित दुई जनालाई पञ्जाब प्रहरीले आइतबार साँझ शिमलाबाट हिरासतमा लिएको थियो ।

सोही क्रममा आरोपी विद्यार्थीसहित तीन जनालाई सोमबार अदालतमा पेश गरिएको थियो । अदालतले तीनै अभियुक्तलाई ७ दिनको प्रहरी हिरासतमा पठाएको छ । पञ्जाब प्रहरीले १० दिनको प्रहरी हिरासत माग गरेको थियो । तर अदालतले सबै अभियुक्तलाई ७ दिनको म्याद थप गरेको हो ।

चण्डीगढ विश्वविद्यालयको भिडियो लीक प्रकरणमा, सन्नी मेहता केटीका कथित प्रेमी हुन, जसलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको छ । सन्नी शिमला जिल्लाको रोहरु निवासी हुन् । आरोपीले शिमलाको सञ्जौली कलेजबाट बीएसम्म पढेका छन् । २३ वर्षीय सन्नी हाल रोहरुस्थित बिस्कुट र केक उद्योगमा भाइसँग काम गर्छन् ।

यस घटनामा संलग्न भएको आरोपमा पञ्जाब प्रहरीले ३१ वर्षीय रङ्कज वर्मालाई पनि हिरासतमा लिएको छ । रङ्कज थिओग, शिमलाका निवासी हुन् । उनी त्यहाँको एक ट्राभल एजेन्सीमा काम गर्छन् । पञ्जाब प्रहरीले गिरफ्तार रङ्कज पनि यस घटनामा जोडिएको बताएको छ ।

भिडियो लिक प्रकरणमा अहिलेसम्म के–के भयो हेर्नुहोस्

शुक्रवार दिउँसो ३ बजे, ५ केटीहरूले चण्डीगढ विश्वविद्यालय होस्टल वार्डनसँग एक विद्यार्थीले आफ्नो भिडियो बनाएको गुनासो गरेका थिए ।

जब आरोपी विद्यार्थीलाई अन्य विद्यार्थी र वार्डनले सोधपुछ गरे, उनले स्वीकारे । भिडियो बनाएर शिमलाका सन्नी मेहतालाई पठाएको कुरा स्विकार गरिन् ।

विश्वविद्यालयले दिनभर कारबाही नगरेपछि आइतबार बिहान ३ बजे विश्वविद्यालयमा हंगामा मच्चायो । विश्वविद्यालय प्रशासनले प्रहरी बोलाएपछि तनाव थप बढेको थियो । प्रहरीको गाडीमा तोडफोड भयो, बदलामा प्रहरीले लाठीचार्ज गरेको थियो । आइतबार छात्रावासमा युवतीलाई सोधपुछ गर्दा उनले मोबाइलमा केटाको फोटो देखाइन् ।

यसै बीचमा ८ छात्राले आत्महत्या प्रयास गरेको कुरा बाहिर आयो, छात्राहरूले पनि यस्तो दाबी गरेका थिए । तर, विश्वविद्यालय व्यवस्थापन र प्रहरीले यसलाई अफवाह भनेर टाल्न खोजे ।

बिहान प्रहरी र विश्वविद्यालय व्यवस्थापनले अन्य केटीहरूको भिडियो भाइरल नभएको दाबी गर्यो । केटीले केटालाई आफ्नो फोटो मात्र पठाइन् ।

यस घटनामा, केटीविरुद्ध आईटी ऐन र अरूको गोपनीयता उल्लङ्घन गरेको आरोपमा मुद्दा दर्ता गरेर गिरफ्तार गरियो।

हिमाचल प्रहरीको सहयोगमा, पञ्जाब प्रहरीले सन्नी मेहता र शिमलाको धालीबाट रङ्कज वर्मालाई पक्राउ गर्यो । दुवैलाई पञ्जाब पुर्याइएको छ ।

प्रहरी र विश्वविद्यालय व्यवस्थापनको बोली र कार्यबाट असन्तुष्ट विद्यार्थीहरूले आइतबार साँझ चण्डीगढ विश्वविद्यालयमा फेरि प्रदर्शन गर्न थालेका थिए ।

तर दिउँसो १ः३० बजे विश्वविद्यालय व्यवस्थापन र प्रशासनले छात्राका सबै माग पूरा गर्ने आश्वासन दियो । त्यसपछि हडताल समाप्त भएको हो ।

सोमबार तीनै अभियुक्तलाई अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान थालेको प्रहरीले जानकारी गरायो ।

सम्बन्धित खबरहरु