काठमाडौं । नेपालमापनि फिल्मी शैलीका घटनाहरु भइरहेका छन् । आफ्नै ज्वाँइले आफनै जेठी सासु भगाएका छन् ।

धनकुटाको वडा नं. ९ बेलारा भन्ने ठाउँका अजित राईले आफ्नै जेठी सासु भगाएका हुन् । ती सासु ज्वाँइ केही समय सम्पर्क विहिनपछि अहिले सम्पर्कमा आएका छन् । अजितकी श्रीमतीका अनुसार भगाएर लैजानु भन्दा पहिले कुनै पनि लसपस थाहा थिएन ।

सासु पक्षका आफन्तहरुले केटा पक्षका सबैमा आजसम्म फरार रहेर बसेको ठाउँ थाँहा भएको दावी गरेतापनि केटा अर्थात सासुकै बहिनी अजितकी श्रीमतीले थाँहा नभएको खुलाएकी छन् ।

भर्खर २ वर्षको सानो बच्चा समेत भएका अजितले आफ्नै श्रीमतीकी दिदि अर्थात जेठी दिदि सासुलाई लिएर फरार हुँदा उनको परिवारमा तनाव उत्पन्न भएको छ ।

अजितकी श्रीमतीले अब अजितसँग नबस्ने र बेलारा गाउँमा श्रीमान सहित आफ्नै दिदिलाई आउँन नदिने अडान राखेकी छिन् । उनी समाज तथा कानूनले मिलेर बस्न अनुरोध गरेतापनि आफू मिलेर नबस्ने बताउछिन् ।
उक्त घटनाले गर्दा छोरा पक्षका आफन्त र बुहारी पक्षका ससुराबीच झगडा समेत भएको थियो ।

सम्बन्धित खबरहरु