काठमाडौं । भनिन्छ, भाग्य बदल्न सम्भव हुँदैन । मान्छे जन्मजात नै आफ्नो कर्म लिएर आएको हुन्छ । हालै भारत, केरलाका एक अटो चालकसँग यस्तो घटना भएको छ ।

उनलाई भारु २५ करोड (४० करोड नेपाली रकम) को चिठ्ठा परेको हो । ‘भाग्य बदलिन बेर लाग्दैन’ यो कुरा तपाइले सुन्नु भएको होला तर केरलाका यी अटो रिक्शा चालकको भाग्य पनि यसरी नै परिवर्तन भयो ।

अटो रिक्सा चालकको नाम अनुप हो, उनी अहिले शेफको काम गर्न मलेसिया जाने तयारी गरिरहेका छन् । वास्तवमा, केरला राज्य लोटरी विभागले आइतवार ओनम बम्पर २०२२ को नतिजा घोषणा गरेको थियो ।

त्यसमा एक अटो रिक्शा चालकको भाग्य चम्क्यो, उनले ४० करोडको ओनम बम्पर लटरी जितेका हुन् । तीन लाख ऋण लिएर शेफ बन्न मलेसिया जान लागेका अटो रिक्सा चालकलाई चिठ्ठा परेको हो । यसबीचमा उनलाई ४० करोडको चिठ्ठा पर्यो ।

पेशाले अटो रिक्सा चलाउने अनुप केरलाको श्रीवरहमका बासिन्दा हुन् । हालै उनको चम्किलो भाग्यले उनलाई एकै रातमा करोडपति बनायो । विगत २२ वर्षदेखि चिठ्ठा किन्ने गरेको अनुपका अनुसार अहिलेसम्म केही समयदेखि बढीमा ८ हजारसम्म मात्रै जितेका थिए ।

सम्बन्धित खबरहरु