काठमाडौं । कुनै घटना यस्तो हुन्छ आफूलाई पर्दा मात्र हैन सुन्दा वा देख्दा समेत मुटु चिरिन्छ ।

अछाममा अविरल वर्षा पछि परेको पहिरोमा परेर एकै परिवारका ९ जनाको मृत्यु भयो । अन्त्येष्टि गरिदिने कोही बाँकी रहेनन् । त्यसपछि गाउँले र सरकारी अधिकारीहरु मिलेर सामूहिक अन्त्येष्टि गरिदिए ।

जिल्लाको कमल बजार नगरपालिका–८ र ६ मा गरेर ९ जनाको मृत्यु भएको त्यहाँका मेयर यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमल बजार नगरपालिका–८ ढुगांलामा छिउरे दमाइ सहित उहाँको ५ जनाको परिवार पहिरोमा सखाप भएको छ। उहाँहरुको शव निकालेर सामूहिक अन्त्येष्टि गरेको मेयर ढकालले बताउनुभयो ।

यस्तै, कमल बजार नगरपालिका–६ मा ८ जनाको मृत्यु भएको छ । घरभित्र नै ४ जना पुरिएको अवस्थामा लामो समयपछि शव निकालियो । पहिरोमा परेर घाइते भएका ४ जनालाई उद्धार गरेर उपचारका लागि मंगलसेन लगिएको थियो ।

‘वडा नम्बर ६ मापनि ४ जनाको शव भेटियो । अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्‍याएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताउनुभयो । यद्यपि, क्षतिको यकिन विवरण अझैपनि आइसकेको छैन ।

अकल्पनीय दुःखद घटनाले पुरै गाउँ शोकमा डुवेको छ । अकालमा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना । शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस्। यस्तो बिपत्ति कसैलाई नपरोस् भगवान् !!

सम्बन्धित खबरहरु