काठमाडौं । कोईलीको झैँ मिठो स्वरकी धनी चर्चित गायिका पुर्णिमा लामाको स्वरमा भर्खरै मात्र रुपै मोहनी एल्बम सार्वजानिक भएको छ ।

चर्चित गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भिम बि. सी.,को संगीत र संगीत संयोजन आमोस तामाङ को रहेको छ ।

जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन । दिपक एम सिंह को नृत्य निर्देशन मा रहेको उक्त एल्बम्मा महेश खडका र बि. डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युटुब च्यानल बाट सार्वजानिक गरिएको हो ।

संगीत क्षेत्रकी एक चिर परिचित् गायिका पुर्णिमा लामाले कलिलो उमेरदेखी नै गीत संगीत क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै डेढ दशक देखी निरन्तर गीत संगीत क्षेत्रमा कृयाशिल रहेको छ ।

चर्चित गायिका पुर्णिमा लामा ले हाल सम्मा झन्डै ४००–५०० भन्दा बढी गीत गाई सकेकी छिन् । चर्चित गायिका लामा को योगदान ले नेपाली गीत संगीत क्षेत्र लाई थप उच्चाईमा पु¥याउन महत्वपुर्ण भुमिका रहेको छ भने लामा एक असाधरण क्षमताकी खानी हुन।

https://www.youtube.com/watch?v=hGqX-DSO95k

सम्बन्धित खबरहरु