काठमाडौं । ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । तर परिवारका सदस्यलाई थाहापनि थिएन । बालिकाको अवस्था बिग्रन थालेपछि डाक्टर कहाँ लैजाँदा बलात्कार भएको थाहा भयो ।

बालिकालाई आईसीयूमा भर्ना गर्नुपर्‍यो, त्यसपछि यो कुरा प्रहरीलाई जानकारी गराइयो । बलात्कारका आरोपित बालिकाको घरको भाडामा बस्ने एकजना रहेका छन् । भारत, उत्तर प्रदेशको राजधानी लखनउमा यो घटना घटेको हो ।

आजतकका आशिष श्रीवास्तवको रिपोर्टका अनुसार बालिकामाथि भएको बलात्कारको यो घटना लखनउको प्रहरी चौकीको गुन्डबा क्षेत्रको हो । बलात्कारका आरोपी विनोद बालिकाको घरमा नै भाडामा बस्थे ।

प्रहरीका अनुसार अभियुक्तले किशोरीलाई १७ सेप्टेम्बरमा बलात्कार गरेका थिए । त्यस दिन बालिकाका परिवारले पत्ता लगाउन सकेनन् । रिपोर्टका अनुसार बालिकाको तल्लो पेटबाट रगत बग्न थालेपछि परिवारका सदस्यले उनलाई डाक्टर कहाँ लगेका हुन् । डाक्टरले बालिकामाथि यौन दुव्र्यवहार भएको बताए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

लखनऊ उत्तर क्षेत्र डीसीपी एसएम कासिम अबिदीले सेप्टेम्बर १९ मा भने, ‘११२ नम्बरमा प्रहरीले ८ वर्षीया बालिकालाई बलात्कार गरेको सूचना पाएको थियो । त्यसपछि प्रहरीले तत्काल बालिकाको परिवारलाई सम्पर्क गर्यो ।

उनको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थियो । यसपछि नामित अभियुक्तलाई पक्राउ गरिएको थियो, जसको नाम विनोद रहेको बताइएको छ । उनको उमेर करिब २४ वर्ष हो ।’ बालिका अझै अस्पतालमा रहेको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप कारबाही गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु