काठमाडौं । अभिनेत्री कङ्गना राणावत होस्ट रहेको शो ‘लकअप’की प्रतियोगी अञ्जली अरोरा आफ्नो एउटा भिडियोलाई लिएर निकै ट्रोल भइन् ।

अञ्जलीले यो ब्लुपर भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन्, जसमा उनी मोडल उमर रियाजसँग देखिएकी छिन् । यो ब्लुपर भिडियोमा अञ्जली र उमर एक रोमान्टिक सिन शूट गरिरहेका छन् ।

यो भिडियो सेयर गर्दै अञ्जलीले लेखेकी छिन्, ‘हाहाहाहा… यो भिडियोको लागि उमरलाई माफ गर्नुहोस् ।’ उक्त पोस्टपछि उनी निकै ट्रोल भएकी छन् । एक प्रयोगकर्ताले प्रतिकृयामा लेखेका छन्, ‘अर्को एमएमएस आउनेछ ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘उमर रियाजसँग योभन्दा राम्रा केटीहरू छन् ।’

मानिसहरूले यस्तै धेरै टिप्पणी गरेर अञ्जलीलाई ट्रोल गरेका छन् । यसअघि एउटा एमएमएस भाइरल भएको थियो जसमा देखिएकी केटी अञ्जली अरोराजस्तै थिइन् । यद्यपि यो भिडियोको बारेमा कुनै पुष्टि भएन ।

अञ्जली अरोराले आधिकारिक रुपमा यसबारे कुनै प्रतिक्रिया दिइनन् । तर केही अन्तरवार्तामा उक्त भिडियोमा देखिएको महिला आफू नभएको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा अञ्जली अरोरालाई मानिसहरूले एमएमएस क्वीन अञ्जलीको नाम दिए पनि अहिले उनी आफ्नो हरेक नयाँ पोस्टका कारण ट्रोल हुनुपर्यो । तपाईलाई बताउ, नयाँ गीत लन्च गरेपछि पनि अञ्जली ट्रोल भएकी थिइन् । उक्त भिडियो पनि भाइरल भएको थियो ।

सम्बन्धित खबरहरु