नेपिडाव । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।

सेनालाई उद्धृत गर्दै टीआरटी वर्ल्डका अनुसार उक्त भवन विद्रोहीहरूले प्रयोग गरिरहेको बुझिएको थियो। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको टीआरटी वर्ल्डले जनाएको छ ।

गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ ।

टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो।
दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्यालएर गाडेको बताइएको छ ।

सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो ।

म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ । ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाचारी गिरफ्तारी, र नागरिकहरूमाथि अन्धाधुन्ध आक्रमणहरू लगायतका घटना जन्टाका मानवता विरुद्धका अपराध हुन्।

फेब्रुअरीमा भएको विद्रोह पछि, सुरक्षा बलहरूले कम्तीमा १, ६००० मानिसहरूलाई मारेका छन् भने १२, ००० भन्दा बढीलाई हिरासतमा लिइएको छ। (रासस/एएनआई)

ग्रीस र टर्की वार्तामा संलग्न हुनुपर्छ - ग्रीसका प्रधानमन्त्री
ग्रीस र टर्कीले छिमेकी राष्ट्रहरूको रूपमा वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गर्नुपर्ने बताएका हुन् ।

"हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई विभाजित गर्छ त्यो दुबै देशका जनताले बुझेका छन् त्यसैले हामीले हाम्रो मतभेद घटाउँनुपर्छ । विवाद रातारात समाधान हुँदैनन् तर वार्ता भने जाती राख्नुपर्छ जसले एकदिन समस्या समाधानको बाटोमा लैजान्छ।

प्रधानमन्त्रीले भने एजियन र भूमध्यसागरमा सामुद्रिक र ऊर्जा विवादलगायत विभिन्न मुद्दाहरूले गर्दा दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको छ। पछिल्लो समय विभिन्न घटनालाई लिएर दुवै पक्षले कडा टिप्पणी गर्दै आएका छन् ।

"हामीसँग बलियो गठबन्धन र सशस्त्र बलहरू छन्। सबैलाई थाहा छ कि उनीहरू ग्रीससँग जिस्किन चाँहदैनन्,"प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भनेका छन् ।

 

सम्बन्धित खबरहरु