लस एन्जेलस । अमेरिकामा अहिले भइरहेको मातृ मृत्यु दरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ ।

सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको प्रतिवेदनमा लेखिएको छ ।

अध्ययनमा समेटिएका कुल गर्भवती मध्ये २२ प्रतिशतको सुत्केरी हुनु अगाडि मृत्यु हुने गरेको देखिएको छ ।

त्यसैगरी २५ प्रतिशत गर्भवतीको मृत्यु सुत्केरी भइरहेको बेलामा वा सुत्केरी भएको सात दिन भित्रमा हुने गरेको छ । बाँकी ५३ प्रतिशतको मृत्यु भने सुत्केरी भएको सात दिनदेखि एक वर्षसम्ममा हुने गरेको पाइएको छ ।

उनीहरूको मृत्यु हुनुका मुख्य कारणहरू मध्ये मानसिक अवस्था, अत्यधिक रक्तश्राव, घाउमा हुने सङ्क्रमण, बच्चाको खवर अवस्थीति, मुटुसम्बन्धी समस्यालगायत रहेका छन् ।

सिडीसीका निर्देशक वान्दा बार्फिल्डले गर्भवती तथा सुत्केरीको मृत्यु हुने मुख्य कारणहरूलाई पर्याप्त रुपमा घटाउन सकिने दावी गर्नुभयो ।

त्यसका लागि स्वास्थ्य प्रदर्शनात्मक कार्यक्रमहरू धेरै सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“मातृ मृत्युका धेरै कारणहरूलाई घटाउन सक्ने देखिन्छ, त्यसका लागि राज्यका निकायहरूले पर्याप्त पहल गर्नुपर्दछ,” उहाँले भन्नुभयो । (रासस/सिन्ह्वा)

लेबनानलाई इन्धन उपलब्ध गराउन इरान तयार
इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले आफ्नो देश लेबनानको ऊर्जा मागलाई सम्बोधन गर्न तयार रहेको बताएका छन् ।

अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

भेटका क्रममा दुई पक्षबीच महत्त्वपूर्ण क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धका बारेमा पनि छलफल भएको प्रतिवेदनले जनाएको छ ।

इरानका विदेशमन्त्रीले लेबनानले सामना गरिरहेको समस्या समाधान गर्न तेल र अन्य सहायता उपलब्ध गराउन आफ्नो देशको तत्परतामा जोड दिएका छन्। पछिल्ला महिनाहरूमा, लेबनानका लागि इरानी राजदूत मोजताबा अमानीले बारम्बार आफ्नो देश लेबनानलाई इन्धन सामग्री उपलब्ध गराउन तयार रहेको बताएका छन्।

विदेशी मुद्रा सञ्चितिको कमीबाट सृजित समस्याले गर्दा लेबनानले लामो समयदेखि ऊर्जाको अभाव कम गर्न पर्याप्त तेल आयात गर्न सकिरहेको छैन।

 

सम्बन्धित खबरहरु