काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-६ भृकुटीचोकबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम सहित टोखा नगरपालिका-३ बस्ने नवलपरासी घर भएका ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३० ग्राम सहित दमक नगरपालिका-१ सुनौलो टोल बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ करिब २१ ग्राम ९९ मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका-५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् । प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से.७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटस्थित नेपाल-भारत सीमाक्षेत्रबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित जोशिपुर गाउँपालिका-३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ मज्गैबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३ सय ९० मिलिग्राम र नगद ५८ हजार ७० रुपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका-१० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.८९ प २०२१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु