काठमाडौं । सोलुखुम्बु, लिखुपिके गाउँपालिका-१ बस्ने ५० वर्षीया फुलमाया खत्री आफ्नै घरमा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका-३ आँखोप सल्लेरी बस्ने २५ वर्षीय बिक्रम ताम्लिङ सोही ठाउँस्थित साम्सिम खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भन्दै सोमबार दिउँसो उक्त खोलामा गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।

अछाम, कमलबजार नगरपालिका-६ हात्तिबाझ बस्ने ४९ वर्षीय दिप्त शाही घर नजिकै बुदेखोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँस घारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

दार्चुला, महाकाली नगरपालिका-५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-२५ स्थित खेतमा सोही महानगरपालिका-२६ दिब्यनगर बस्ने ४३ वर्षीय दिपक चन सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, अर्जुनधारा नगरपालिका-३ खुदुनाबारी डेरा गरी बस्ने दमक नगरपालिका-८ घर भएकी २९ वर्षीया टिका कुमारी बुढाथोकी तिमल्सिना सोमबार मृत अवस्थामा फेला परेकी छन् । बाथरुममा नुहाउन गएको अवेरसम्म ननिस्किएपछि आफन्तले हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु