काठमाडौं । मकवानपुर, बकैया गाउँपालिका-४ बाममारास्थित ल्वाजोर खोलामा नुहाउने क्रममा डुबेर चितवन भरतपुर महानगरपालिका-१६ फुर्तिचोक बस्ने १६ वर्षीय सचिन थापाको सोमबार दिउँसो मृत्यु भएको छ ।

उक्त खोलामा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र छतिवन हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, औरही गाउँपालिका-१ पौडेश्वर बस्ने शिव शंकर यादवको छोरा १४ वर्षीय किशन कुमार यादवको जमुनी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । घरबाट १ किलोमिटर टाढा रहेको उक्त खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु
काठमाडौं । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

मकवानपुर, बकैया गाउँपालिका-११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

स्याङ्जा, आँधीखोला गाउँपालिका-१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु