काठमाडौं । बलिउडमा यस्ता धेरै कलाकार छन्, जो फिल्मबाहेक सामाजिक कामका लागि पनि परिचित छन् । गरीब, खाँचोमा परेका र समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न धेरै कलाकारहरू अगाडि आउँछन् ।

यही कारणले गर्दा धेरैले बलिउड अभिनेता सोनू सुदलाई मसीहा (भगवान) भनेका छन् । तर सोनु सूद बाहेक अर्का एक अभिनेता पनि छन् जो सधैं मानिसहरूलाई मद्दत गर्न अगाडि आइरहेका हुन्छन् ।

यी अभिनेता हुन् प्रकाश राज, जसले चलचित्रमा खलनायकको भूमिका निर्वाह गर्छन् । प्रकाश राज अहिले आफ्नो विशेष कामका कारण चर्चामा छन् । उनले तेलंगानाको एउटा गाउँ ग्रहण गरेका थिए, जसको अनुहार प्रकाश राजले पूरै परिवर्तन गरिदिएका छन् ।

उनले तेलंगानाको महबुब नगरको कोंडा रेड्डीपल्ली केशमपेट गाउँलाई दत्तक ग्रहण गरेका हुन् । तेलंगाना सरकारका मन्त्री केटीआरले यो जानकारी दिएका छन् ।

एक ट्विटर ह्यान्डलले कोंडा रेड्डीपल्ली केशम्पेट गाउँको सुन्दर तस्बिरहरू साझा गर्‍यो, रिट्वीट गर्दै केटीआरले प्रकाश राज र त्यहाँका विधायकको प्रशंसा गरेका हुन् । उनले आफ्नो ट्विटमा लेखेका छन्, ‘यो गाउँ प्रकाश राजले अपनाएको गाउँ हो ।

स्थानीय विधायक संग ठूलो प्रगति भयो ।’ केटीआरको यो ट्विटको जवाफ दिँदै दिग्गज अभिनेताले ट्वीटरमा लेखेका छन्, ‘यो सबै तपाईंको साथबाट सम्भव भयो, हौसला दिनुहोस् ।’ प्रकाश राजको यो ट्विट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

ट्विटलाई अभिनेताका फ्यानहरुले निकै रुचाएका छन् । साथै आफ्नो प्रतिक्रिया पनि दिइरहेका छन् । हालै प्रकाश राज आफ्नो तमिल फिल्म थिरुचितम्बलमका लागि चर्चामा थिए, जसले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

सम्बन्धित खबरहरु