काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षा खोसेर सरकारले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई दिएको छ।

शनिबार संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै राणा सर्वोच्च फर्किने तयारीमा लागेपछि सरकारले राणालाई थप खिच्न कोसिस गर्यो । पाएको सुरक्षा सुविधा नै खोसिदियो । राणा निलम्बित नै हुन् भन्ने सरकारको दावी छ भने राणा स्वयं भने अब निलम्बनमा नरहेको दावी गर्नुहुन्छ ।

राणा सर्वोच्च फर्किने तयारीमा लागेपछि उहाँलाई सरकारले सरकारी निवासमै नजर बन्दमा राखेको छ । आइतबार नै राणालाई पदीय हैसियतमा दिँदै आएको सुरक्षाकर्मी र अरु सुविधा पनि खोसेको थियो।

स्रोतका अनुसार राणाबाट खोसिएको सुविधा सरकारले कामय मुकाय प्रधानन्यायाधीश दिपक कुमार कार्कीलाई दिएको हो। सुरक्षामा खटिँदै आएका पिएसओ तथा अरु सुरक्षाकर्मी कार्कीका लागि आइतबारदेखि नै खटिन थालेका छन्।

नेपाली सेनाको तर्फबाट प्रधानन्यायाधीशका लागि गएका सुरक्षाकर्मीलाई पनि सरकारले सैनिक मुख्यालयलाई जानकारी नै नदिइ कार्कीकोमा ट्रान्सफर गरेको छ।

पदीय हैसियतमा उपलब्ध गराएको सुरक्षा जानकारी विनै एक ठाउँबाट अर्कोमा पु¥याएको भन्दै सैनिक मुख्यालयले असन्तुष्टि जनाएको छ।

सम्बन्धित खबरहरु