काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता डा. सुरेन्द्र झाले नागरिकता विधेयक प्रमाणीकरण नभएपछि देशभित्रका नागरिकलाई अनागरिक बनाउने अत्याचार राष्ट्रपतिबाट भएको बताउनुभएको छ ।

उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देशभित्र रहेका नागरिकलाई अनागरिक बनाउने कुरा कानूनी र मानवीय अत्याचार गर्ने काम भएको बताउनुभयो ।

यस मुद्दालाई आफूहरूले जीवनमरणको सवालको रूपमा उठाउँदै आएको उल्लेख गर्दै उहाँले नागरिकता विधेयकको सन्दर्भमा ठूला दलको असफलता र द्वैध चरित्र देखिएको आरोप लगाउनुभयो । “कम्बल आढेर घ्यू खाने काम गरे”, उहाँले भन्नुभयो । यस मुद्दालाई चुनावमा लिएर जाने उहाँको भनाइ छ । “नागरिकता विधेयकको विपक्षमा लाग्नेहरू नाङ्गिन्छन्” उहाँले भन्नुभयो ।

नेता झाले सरकारवादी दलहरूले अब के गर्छन् भन्ने कुरा नेपाली जनताले हेर्न खोजेको बताउनुभयो । “राष्ट्रपतिको बारेमा सत्ता गठबन्धनका दलहरूले के निर्णय लिन्छन्, यो निष्ठाका साथ गर्नुहुन्छ कि हुँदैन, त्यही अनुसार हामीले कार्यक्रम लिएर जनताको बीचमा जान्छौँ”, उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु